लुम्बिनीमा १० लाख विदेशी पर्यटकलाई भ्रमण गराउने लक्ष्य छ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले भ्रमण वर्ष २०२० मा १० लाख विदेशी पर्यटकलाई लुम्बिनी भ्रमण गराउने लक्ष्य रहेको बताएका छन्।

बौद्ध दर्शन तथा गुम्बा विकास समितिको समन्वयमा बुधबार सिंहदरबास्थित मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले लुम्बिनीमा १० लाख विदेशी पर्यटकलाई भ्रमण गराउने लक्ष्य रहेको बताएका हुन्।

उनले सरकारले लुम्बिनीको विकासका लागि गुरु योजना बनाउन लागेको समेत जानकारी दिए। त्यस्तै बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सम्मेलन गर्ने समेत बताए।

त्यस्तै मन्त्री भट्टराईले २०२० लाई पर्यटन प्रवद्र्धनका लागि आधार वर्षको रुपमा विकास गरी पर्यटनका निम्ति एक दशक’ अभियान लागू गर्ने बताए।

नेपालमा सबै सिजनमा पर्यटनको सम्भावना रहको बताउँदै सरकारले पूर्वाधार विकास गरी सोही अनुसार पर्यटन प्रवद्र्धनको काम गर्ने रणनीति बनाएको समेत बताए। उनले लुम्बिनी विकास कोषको संरचनागत ढाँचा सानो भएको बताउँदै त्यसलाई वृहत्तर लुम्बिनी विकास परिषद्को रुपमा विकास गर्नुपर्ने समेत बताए।

त्यस्तै जनवरी एकमा हुने भ्रमण वर्षको उद्घाटन समारोहमा बुद्धको आकृति बनाई मन्त्र बाचन गर्नसमेत बौद्ध गुरुहरुलाई आग्रह गरे।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।