कुलमानको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग, धुर्मुसले दिए धन्यवाद

काठमाडौ । राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य अहिले धमाधम भईरहेको छ । रामपुरमा निर्माण थालिएको रङ्गशालामा जुटेका धुर्मुस सुन्तली फाउण्डेसनलाई देश विदेशबाट सहयोग आइरहेको छ । यसै बीच नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले समेत आफ्नो तर्फबाट सहयोग पुर्याएका छन् ।

५ महिना अघि जब कुलमान घिसिंग चितवन पुगेको बेला धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलसंग भेटेर रङ्गशालाको काम बारे जानकारी लिएका थिए । त्यहि बेला सिताराम कट्टेलले कुलमान घिसिंगसंग बिजुलीको भोल्टेज बढाएर रंगशाला निर्माणलाई सहज गरिदिन सहयोग मागेका थिए ।

सिताराम कट्टेलको उक्त आग्रहलाई स्वीकार्दै कुलमान घिसिंगले ५ महिनापछि २०० केबी (200 K V) को ट्रान्समिटर रङ्गशाला स्थलमा जडान गरिदिएका छन् । ट्रान्समिटर जडान गरे संगै सिताराम कट्टेलले धन्यवाद व्यक्त गर्दै तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

सिताराम कट्टेल लेख्छन्: “नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ ज्यूले २०० केबी (200 K V) को ट्रान्समिटर रङ्गशाला स्थलमा जडान गरिदिनुभएकोमा उहाँ लगायत नेपाल बिधुत प्राधिकरण परिवार र भरतपुर शाखालाई बिशेष धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।”

कुलमान घिसिंगले बिधुत प्राधिकरणसंग समन्वयन गरेर उक्त ट्रान्समिटर जडान गराएका हुन् । यस ट्रान्समिटर जडान भए संगै रङ्गशालाको बिजुलीको काममा पर्याप्त भोल्टेज पुग्ने हुँदा विधुतीय कामहरु सहज र छिटो हुने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।