रवि लामिछानेले नेता उत्पादन गर्ने रियालिटी शो ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रम चलाउने (भिडियो सहित)

काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले नेताको खोजी गर्दै ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रम चलाउने भएका छन् । सो कार्यक्रम रियालिटी शोको फर्म्याटमा चलाउने बिहीबार काठमाडौंमा आयोजित ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रमको घोषणामा जानकारी दिइएको हो । विभिन्न अडिसन र तह पार गर्दै विजेता घोषणा गरिने बताइएको छ ।

रवि लामिछानेले चलाउने सो कार्यक्रममा नेता छनौटको जिम्मेवारी अर्थात निर्णायक मण्डलमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशील कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र रहेका छन् ।

निर्णायकमा केही अरु व्यक्ति पनि थपिने जानकारी दिइएको छ । विजेतालाई एउटा गाडी, अमार्टमेन्ट र २० लाख नगद पुरस्कार दिइने पनि जानकारी दिइएको छ ।

‘सिधाकुरा जनतासँग’ कार्यक्रमबाट चर्चामा रहेका रवि लामिछानेले आफ्ना अधिकांश कार्यक्रमम मुलुकको विकास र समृद्धि असल नेताको अभावमा हुन नसकेको बताउँदै आएका थिए । अहिले उनी रवि लामिछानेले असल, सक्षम र नेतृत्वदायी क्षमताको भएको व्यक्ति गर्दै ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रम गर्न लागेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।