अरु देशका श्र’मिक जस्तै नेपालका श्र’मिकले पनि समान पा’रिश्रमिक पाउनुपर्छ : मन्त्री यादव

सर्लाही, २७ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक (ज्याला) पाउनुपर्ने बताएका छन् ।

‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमको आज हरिवनमा सम्बोधन गर्दै उनले अन्य देशका श्रमिकसरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा आफूले पहल गर्न लागेको जानकारी गराए ।

“अरु देशका श्रमिकले पाउने पारिश्रमिकभन्दा यहाँका श्रमिकले कम श्रम पाउनुहुँदैन, समान पारिश्रमिकका लागि योजना बनाउन लागेको छु,” उनले भने ।

यहाँका युवालाई रोजगारीका लागि युरोप र जापान पठाउन पहल भइरहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने व्यक्तिले सीप सिकेर जानुपर्नेमा उनको जोड थियो । सीप सिकाउनका लागि सातवटै प्रदेशमा प्रादेशिक तालीम केन्द्र सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए ।

स्वदेशमा भित्रिने विप्रेषणलाई उत्पादनतर्फ कसरी लगाउन सकिन्छ भन्नेबारेमा र विदेशबाट श्रमिकले सिकेर आएको सीपलाई सदुपयोगका विषयमा विभिन्न पक्षसँग छलफल भइरहेको मन्त्री यादवले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।