१५ हजारको दरले कु’मारीलाई मासिक भत्ता दिइने

काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने भएको छ ।

पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि गरिने छ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो । यही मङ्सिर २८ र २९ गते महानगर दिवस मनाइँदै छ । विसं २०५२ मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।

कामपाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयवासीका सुझावका आधारमा हरेक वर्षका कार्यक्रमलाई जनापेक्षाबमोजिम सुधार गदैै लगिने बताए ।

कामपा प्रमुख शाक्यका अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ । कार्यक्रममा ‘परम्परागत वाद्यवादन, वाद्यवादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिविधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता रहने छ ।

महानगर दिवसका उपलक्ष्यमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँलाबाजाका २३ समूहका बाजा गुरुलाई नगदसहित सम्मान गरिने छ । महानगरले १० पत्रकारलाई वितरण गर्दै आएको महानगर सुशासन पत्रकारिता पुरस्कार यस वर्ष पनि निरन्तरता दिने छ । गत वर्ष जस्तै यस पटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम छ ।

विद्यालयको आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भइसकेको छ । दिवसका अवसरमा शनिबार बिहान माइतीघरमण्डलदेखि तीनकुनेसम्म साइकल यात्रा आयोजना गरिने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।