नेपाली भूमि मि’चिएको बारे भारतसँग वा’र्ता गर्न विशेष दूत पठाउन आवश्यक छैन : नेता नेपाल

तारा आचार्य, विराटनगर, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले नेपाली भूमि मिचिएको बारे भारतसँग वार्ता गर्न विशेष दुत पठाउन आवश्यक नभएको बताउनु भएको छ ।

शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले नेपाली भूमि मिचेर भारतले निकालेको नक्सा बारे सरकारले पत्राचार गरिसकेकोले सचिव वा मन्त्री तहमा नै बार्ता गरेर समाधान निकाल्न सकिने बताउनु भयो ।

उहाँले तथ्यका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेकाले बार्ताबाटै समाधान निकाल्न सकिने अवस्थामा अन्तर्राष्ट्रिय अदालतमा जान नहुने जिकिर गर्नुभयो ।

नेता नेपालले गत उप–निर्वाचनले तीनै तहको सरकारको काम र व्यवहार बारे जनताले सचेत गराएकोले असन्तुष्टीहरुलाई सम्बोधन गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सरकारको कामलाई अझै प्रभावकारी बनाउन उप–निर्वाचनको परिणामले सन्देश दिएको स्पष्ट पार्नुभयो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले एक व्यक्ति एक कार्यकारी पदको मान्यता अनुसार दुई अध्यक्षको जिम्मेवारी बाँडफाड भएकोले यसबाट सरकार र पार्टी सञचालनमा निकै सहयोग पुगेको र यसलाई प्रभावकारी बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।