कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको नि धनमा प्रधानमन्त्रीद्वारा शो क व्य’क्त
काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको नि धनको खबरले आफूलाई अत्यन्त दुःखी तुल्याएको बताउँदै दि वङ्गत श्रेष्ठप्रति हार्दिक श्र द्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो स मवेदना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज शो क सन्देश जारी गर्दै उहाँको नि धनबाट देशले विकासप्रेमी अभियन्ता र कुशल न्यायकर्मी गुमाएको बताउनुभएको छ ।
सन्देशमा सानै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेर काठमाडौँ नगरपालिकाको पहिलो निर्वाचित प्रमुख (मेयर) बन्नुभएका स्व श्रेष्ठले न्याय क्षेत्रमा समेत ख्याति कमाउनु भएको बताउनुभएको छ । बयानब्बे वर्षीय श्रेष्ठको हिजो शुक्रबार नि धन भएको थियो ।



