प्रतिभावान दुई कलाकारको नि’धनमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा दुःख व्य’क्त

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनमा दुईजना नेपाली कलाकारको नि धन भएकोमा दुःख व्यक्त गर्नुभएको छ।

शनिबार नि धन हुनुभएका कलाकार दीपक क्षेत्री र आइतबार राति ह दयघा तबाट मृत्यु हुनुभएका कलाकार, निर्माता तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सोमबार ट्विट गदै भन्नुभएको छ,– ‘बितेका दुई दिनमा हामीले प्रतिभावान दुई कलाकार केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं। उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जली शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

केशब भट्टराई आठ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । २०७५ चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष हुनुअघि भट्टराई लामो समयदेखि चलचित्र निर्माण तथा अभिनयमा व्यस्त हुनुहुन्थ्यो । उहाँले थुप्रै चलचित्र तथा टेलिसिरियलमा अभिनय गर्नुका साथै निर्माणसमेत गर्नुभएको छ ।

आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु लगायतका थुप्रै हिट चलचित्र भट्टराईले निर्माण गर्नुभएको छ। पछिल्लो पटक २१ चैतमा उहाँले निर्माण गर्नुभएको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो। शनिबार मृत्यु भएका कलाकार क्षेत्री भने लामो समयदेखि घाँटीको क्या न्सबाट पिडित हुनुहुन्थ्यो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖