काठमाडौँबाट ह’राएका यु’वतीलाई चितवनमा ब’न्धक बनाएर फिल्मी शैलीमा दे’हव्यापार

चितवन, पुस १ । भरतपुर महानगरपालिकाभित्रै ब न्धक बनाएर एक यु वती र एक कि शोरीलाई दे हव्यापारमा सङ्लग्न गराएको खुल्न आएको छ । उक्त कार्यमा संलग्न रहेको आ रोपमा जिल्ला प्रहरी कार्यालयले प क्राउ परेकालाई सार्वजनिकसमेत गरेको छ ।

फिल्मी शैलीमा होटलमा लुकाएर उनीहरुलाई दे हव्यापारमा लगाएको पाइएको छ । वडा नं २९ मा रहेको होटल खोटाङ हलेसी एण्ड सगरमाथा गेष्टहाउसका सञ्चालकले काठमाडौँबाट हराएका एक युवती र एक किशोरीलाई दे हव्यापारमा लगाएको प्रहरीले जनाएको छ । गत कात्तिक २७ गते काठमाडौँबाट ह’राएका एक युवती र किशोरीलाई त्यहाँ ल्याएर दे हव्यापारमा लगाइएको हो ।

काठमाडौँमा कोठा भाडा गरी बस्ने २२ वर्षीया युवती र १४ वर्षीया किशोरीलाई काठमाडौँबाट चितवनसम्म ल्याउने काम धरानकी युवतीले गरेको खुलेको छ । ती दुईलाई एउटा बन्द कोठामा राखेर दे हव्यापार गराइएको थियो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उनीहरुले घरमा सन्देश पठाएपछि प्रहरीले सो होटलमा छापा मा रेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पटक–पटक होटलमा खानतलासी गर्दासमेत उनीहरुलाई फेला पार्न सकिएको थिएन ।

प्रहरीको निगरानीपछि उनीहरुलाई मुग्लिनतर्फ लैजाने क्रममा प क्राउ गरिएको मल्लले बताए । उनीहरुले प क्राउपछि सोही होटलमा दे हव्यापारमा लगाएको जनाएका थिए । त्यसपछि उनीहरुसहित प्रहरी होटल पुगेर हेर्दा अन्धकार कोठामा राखेर दे हव्यापारमा लगाइएको पाइएको मल्लले बताए ।

प्रहरीले होटलका सञ्चालक ५० वर्षीय जङ्गबहादुर क्षेत्री, उनकी श्रीमती ३९ वर्षीया निर्मला थापा र धरान उपमहानगरपालिकाकी २४ वर्षीया रेसिका राईलाई प क्राउ गरेको छ । प क्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा ओसारपोसार मु द्दामा अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमार्फत पाँच दिनको समय थप गरी अनुसन्धान शुरु गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।