अब भेडेटार, धरान, र इटहरीबाट पाथिभरा मन्दिर सम्म हेलिकप्टर उडान

इटहरी । प्रदेश एकको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणका लागि हवाईजहाज सेवा सुरु भएको छ । आईतबारबाट चर्चित धार्मिक स्थल पाथिभरा मन्दिरमा समेत उडान सुरु भएको हो ।

सीता एयर तथा माउन्टेन हेलिकप्टर कम्पनीबीच सहमति अनुसार पूर्वको धार्मिक क्षेत्रमा यात्रा सुरु भएको हो । ताप्लेजुङको पाथीभरा मन्दिर, खोटाङको हलेसीसंगै विभिन्न हिमालय क्षेत्रको दृष्यावलोकनका लागि हवाई सेवा सुरु हुने माउन्टेन हेलिकप्टरका महाप्रबन्धक दिलबहादुर ओलीले बताए ।

हाल तीन तरिकाबाट उडान गर्ने सोचमा रहेको बताएका छन ‘विराटनगरबाट हवाईसेवा ताप्लेजुङको सुकेटार र त्यहाँबाट हेलिकप्टरमा पाथिभरा मन्दिर लगिनेछ । धरान क्षेत्रबाट पनि उडान हुने छ । त्यस्तै इटहरीबाट पनि उडान गर्ने तयारीमा रहेको पर्यटन ब्यवसायी तेजबहादुर पुरीले बताए । कम्पनी सँगको सहकार्यमा इटहरीबाट पनि विभिन्न ठाउँमा उडानको तयारी गरेको ब्यवसायी पुरीको भनाई छ ।

हेलिकप्टरले सुकेटारबाट पाथीभरासम्मको हेलिकप्टर उडान ७ देखि १० मिनेटको हुनेछ। त्यसैगरि, माउन्टेन हेलिकप्टरले धरान र भेडेटारबाटै पाथिभरा उडान भर्ने बताइएको छ । यसैगरी हलेसी महादेवको दर्शन गर्न जान चाहने भक्तजनहरूलाई धरानबाटै हेलिकप्टरमा लगिनेछ । हेलिकप्टरले एक पटकमा ५ जना यात्रु बोक्नेछ । धरान,भेडेटार र इटहरीबाट पाथिभरा सम्म २९९९५ र विराटनगरबाट २३००० तिर्नु पर्ने छ ।

भ्रमण वर्ष २०२० लाई समेत यस सेवाले सहजता दिने बुझाई पर्यटन ब्यवसायीहरुको बुझाइ छ। पाथीभरा माताको मन्दिरसम्म पुग्नका लागिका सडकको यात्रा कष्टकर हुने र सहजताका लागि हवाईसेवाले सुलभ मुल्यमा सेवा उपलब्ध गराउने पर्यटन ब्यवसायी पुरी बताउँछन । जसले धार्मिक तथा आन्तरिक पर्यटकका लागि सहजता प्रदान गर्नेछ।’

इटहरीबाट हेलिकप्टर बुकिङ खुल्ला भएको पुरीले बताए । हामीले इटहरीको सञ्चारपाटीको कार्यलय, फ्लाईमी ट्राभल्स एण्ड टुर सेन्टर इटहरी र ओम पाथिभरा होटल इटहरीबाट टिकट बुक गर्ने सकिने बताएको छ । सर्वसाधरणहरुको सहजताको लागि ९८५२०४८३२५ मा सम्पर्क गर्ने सकिने पर्यटन ब्यवसायी तथा होटल ब्यवसायी संघ इटहरीको उपाध्यक्ष तेजबहादुर पुरीले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।