विगतका निर्णय उल्टा’उने र अड्का’उने प्र’तिष्पर्धामा मन्त्रीहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्रालयबाट उपेन्द्र यादवलाई कानुन र कानुनमन्त्रालयबाट भानुभक्त ढकाललाई स्वास्थ्यमा लगे । तर, दुवै मन्त्रालयमा विगतमा भएका निर्णय उल्टाउने र अड्काउने प्रतिष्पर्धा मन्त्रीहरुमा चलेको छ ।

स्वास्थ्यमन्त्री ढकालले यावदले गरेका निर्णयहरु धमाधम उल्टाइदिएका छन् । केही दिन अघि मन्त्तालयबाट मन्त्रिपरिषदमा पत्र पठाउँदै ढकालले विभिन्न नियुक्ति र मनोनयनसम्बन्धी प्रस्तावहरु फिर्ता पठाउन पत्राचार गरेका छन् ।

मेडिकल काउन्सिलको सदस्य नियुक्ति, नेपाल नर्सिङ काउन्सिलको सदस्य नियुक्ति, लागि नेपाल फार्मेसि परिषद्को रजिष्टारमा नियुक्तिका सिफारिश भएका प्रस्तावहरु अध्ययन तथा पुनरावलोकनका नाममा फिर्ता मागेका छन् ।

भरतपुर क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि सिफारिश गरिएका डा. विजयराज न्यौपानेको नियुक्तिसम्बन्धी प्रस्तावलाई पनि फिर्ता पठाउन भनेका छन् ।

मन्त्री ढकालको कदमपछि उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले सार्वजनिक रुपमै न्यायपरिषद्ले रिक्त दरबन्दी नहुँदै न्यायाधिश नियुक्ति गर्नु गल्ती भएको बताए । पूर्ववत मन्त्री ढकालले गरेको निर्णय त्रुटीपूर्ण भने । उनले न्याय क्षेत्रका केही नियुक्तिमा अवरोध खडा गरेका छन् । यसले यादव र ढकालबीचको द्धन्द्ध बढेर गएको छ । रिपोर्टर्स नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖