मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चो’ट पुर्याइयो, राजिनामा मागेको भए दिन्थे : गोकर्ण विष्ट

काठमाडौं, २ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चो ट पुग्ने व्यवहार भएको गुनासो गरेका छन् ।

उनले राजिनामा दिन लगाउने अप्सन हुँदाहुँदे त्यसको अवसर समेत नदिएको भन्दै गुनासो गरेका हुन् । बुधबार पार्टी स्थायी कमिटी बैठकमा बोल्दै पूर्व श्रम तथा रोजगारमन्त्रीसमेत रहेका विष्टले मागेको भए आफूहरु राजीनामा दिन तयार नै रहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसिरमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । त्यसक्रममा विष्टसहित ६ मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाइएको थियो भने त्यति नै संख्यामा नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त गरेका थिए । मन्त्री विष्टलाई हटाइएपछि त्यसको सवत्र विरोध भएको थियो ।

वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका वेथिति अन्त्यका लागि विष्टले राम्रो काम गरेको भन्दै राम्रा ब्यक्तिलाई मन्त्रीमण्डलवाट हटाइएकोमा विरोध भएको हो । पूर्वमन्त्री विष्टले आफुहरुलाई प्रधानमन्त्रीले राजिनामो आग्रह गरेको भए राजिनामा दिन तयार रहेको अवस्थामा वर्खास्त गरेर मानमर्दन गरेको अभिब्यक्ति दिएका हुन् ।

नेकपाको स्थायी समिति बैठक अहिले तीन दिन यता बसिरहेको छ । एक वर्ष सम्म बस्न नसकेको स्थायी समिति बैठक नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्मा बसिरहेको छ । वैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसका छन् ।

त्यसको आधारमा रहेर स्थायी समिति सदस्यहरुले आफ्नो राय ब्यक्त गरेका छन् । नेता घनश्याम भुषाल, जनर्दन शर्मा प्रभाकर। वामदेव गौतम शंकर पोखरेल लगायतका नेताहरुले लिखित राय प्रस्तुत गरिसकेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।