एनसेलले ल्यायो अनलिमिटेड नाइट भ्वाइस प्याक

काठमाडौं, ०२ पुष । एनसेलका प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सुलभ दरमा असिमित कुराकानीको फाइदा लिन सक्नेछन् ।

एनसेल प्राईभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्क भित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग बेलुका १० बजे देखि विहान ६ बजे सम्म मात्र रु १० (रु १२.७७ कर सहित) मा असिमित कुराकानी गर्न सक्नेछन् ।

यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहिबार (पुष ३) देखि संचालनमा रहने छ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरि प्याक सुचारु गर्न सक्छन् । त्यस्तै एसएमएस मार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीकोे ठुलो अक्षर ‘एनयु’ टाइप गरि १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ ।

यो प्याकले ग्राकहलाई थप सुविधा प्रदान गर्ने र आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर चत्रै ४ गते सम्म संचालनमा रहने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖