२१ दिनप छि काठमाडौँ विश्वविद्यालयको ता ला खुल्यो

काभ्रे । काठमाडौँ विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला २१ दिनपछि आज खुलेको छ । यसअघि काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घ र काठमाडौँ विश्वविद्यालय कर्मचारी सङ्घ दुवैले आफूहरुसँग काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकार सम्पन्न वार्ताटोलीबीच २०७६ भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिनहरु, प्राध्यापकहरु तथा कर्मचारीको उपस्थितिमा भएको सम्झौता कार्यान्वयनका लागि पटक÷पटक स्मरण गराउँदा पनि बेवास्ता गरेको भन्दै ताला लगाएको थियो ।

मङ्गलबार बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकमा आन्दोलनरत प्राध्यापक सङ्घ र कर्मचारी सङ्घबीच भएको निर्णय पूर्णपालना गर्ने मौखिक सहमति भएपछि आन्दोलनरत पक्षले नै आज ताला खोलेको काठमाडौँ विश्वविद्यालयका सूचना प्रमुख डा हेमराज काफ्लेले बताए । ‘हिजो भएको बैठकमा उहाँहरुलाई पनि बोलाएर छलफल भएपछि त्यही आधारमा आज उहाँहरुले नै ताला खोलेको भन्ने कुरा आएको छ’, सूचना प्रमुख काफ्लेले भने ।

काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति डा.बेदमणि दाहालले मङ्गलबार बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकमा दुवै सङ्घलाई बोलाएर बैठक बसेको र त्यसमा विगतमा गरिएका सबै सम्झौता पूर्ण कार्यान्वयन गर्ने भनिएपछि आज ताला खुलेको बताए । ‘कतिपय मागहरु विश्वविद्यालय सभामा प्रस्ताव लानुपर्ने भएकाले सो सभामा प्रस्ताव पेश गर्ने र बाँकी सम्झौताहरु कार्यान्वयन गर्दै जाने भनेर छलफल भएपछि हामीले ताला खुलेका हौँ’, दाहालले भने । ‘विश्वविद्यालयको दीक्षान्त समारोहलाई सहज बनाउन पनि सहमति अनुसारको कार्यान्वयन गर्दै जाने भनेर आग्रह गरेको कारण पनि ताला खुलेको हो ।’रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।