चिसाे बढेपछि बिद्यालय ब न्द
कन्चनपुर । अत्यधिक चिसो बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले अत्यधिक चिसो बढेकाले पठनपठानमा समस्या हुँदा ३ र ४ गते दुई दिन सार्वजनिक विदा गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले जाडो बढेकाले संचित विदाबाट घटाउने गरि दुई दिन नगर भित्रका सामुदायिक एव निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।
‘विद्यार्थीको स्वास्थ्यलाई मध्यनगर गर्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘अत्यधिक चिसोका कारण पठन पाठनमा समस्या हुने देखर विदा दिने निर्णय गरिएको हो ।’
अत्यधिक चिसोका कारण यहाँको जनजीवन समेत प्रभावित बन्दै गएको छ ।


