पूर्वसभामुख कृष्णबहादुर महराको सुनुवाइ आज, धरौटीमा छुट्ने सम्भावना

काठमाडौं, ३ पुष । पुर्पक्षका लागि जे ल पठाउने जिल्ला अदालत काठमाडौंको निर्णयवि रूद्ध पूर्वसभामुख कृष्णबहादुर महराले दिएको पुनरावेदन रिटमाथिको सुनुवाइ आज हुँदैछ ।

उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्न लागेको हो । यसअघि महराले आफूलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

अदालतले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई ब ला त्का र गर्न खोजेको र प्रतिकार गर्दा हिं सा गरेको अ भियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान देखि थु नामा राख्ने आदेशसम्मको विवरण माग्न आदेश दिएको थियो ।

निवेदनमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले कैफियत प्रतिवेदन दिन आदेश गरेका थिए । कैफियत प्रतिवेदन भनेको अ भियुक्तको जाहेरी देखि थु नामा पठाउने आदेशसम्म को विस्तृत विवरण हो । त्यसबाहेक महाराको मु द्दाको मिसिल पनि इजलासले मगाएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।