उपेन्द्र र बाबुरामलाई ध’क्का !

२ नम्बर प्रदेशमा राजपा-नेकपाको सरकार बन्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपा नेपालबीच प्रदेश नम्बर २ मा सरकार बनाउने सहमति भएको छ । पछिल्लो समय नेकपा र राजपाबीच भएको दुई बुँदे सहमतिले यसको बाटो तय गरेको छ ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालकै सहमतिमा राजपासँग दुई बुँदे सहमति गरिएको हो । नेकपाको ७ वटा प्रदेशमा सरकार बनाउने रणनीतिअनुसार यो सहमति भएको आँकलन गर्न थालिएको छ । अहिले नेकपाको नेतृत्वमा संघीय सरकारमात्रै होईन २ नम्बर प्रदेशबाहेक बाँकी ६ वटै प्रदेशमा सरकार छ ।

अध्यक्षद्धय ओली र दाहालकै रणनीतिअनुसार प्रदेश नम्बर २ मा पनि अहिलेको सत्ता समिकरण भत्काएर नयाँ सरकार बनाउने तयारी भएको छ । यसको लागि राजपाले पनि ग्रिन सिग्नल दिईसकेको छ ।

नेकपाका अध्यक्ष दाहालले मुख्यमन्त्रीसहित प्रदेश २ सरकारको नेतृत्व राजपाले गर्ने र नेकपाले त्यसमा सहयोग गर्दै सहभागी हुने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा राजपा नेपालका अध्यक्ष मण्डलका प्रायः सबै सदस्यहरुले पनि मौन सहमति जनाएको स्रोतको दाबी छ ।

नेकपा र राजपाबीच राष्ट्रिय सभा निर्वाचनको लागि चुनावी सहमति भएको छ । २ सिटमा राजपाले नेकपालाई सघाउने र अर्को २ सिटमा नेकपाले राजपालाई सघाउने सहमति छ । उक्त सहमतिले राजपार्ला केन्द्रीइ सरकारमा सहभागी हुनको लागि पनि बाटो तय गरिदिएको छ ।

प्रधानमन्त्री ओलीले अहिलेको सत्तारुढ दल समाजवादी पार्टीको सरकारबाट बहिर्गमन चाहेको र सोही उद्देश्यस्वरुप राजपासँग दोष्ती बढाएको पनि चर्चा सुरु भएको छ ।

अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेपछि छलफलमा सहभागी राजपा अध्यक्ष मण्डलका संयोजक महतोले मुसुक्क हाँस्दै छलफललाई निरन्तरता दिनुपर्ने भन्दै सहमति जनाएको राजपा स्रोतले जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।