सोनिया गान्धीको भिडियो सन्देश प्रधानमन्त्री ओलीबाट रिट्वीट भएपछि

काठमाडौं, ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डललाई लिएर यतिबेला भारतीय सञ्चारमाध्यमले विभिन्न टिकाटिप्पणी गरेका छन् । भारतमा जारी नागरिक ऐनको विरोधमा भइरहेको प्रदर्शनलाई लिएर प्रधानमन्त्री ओलीको ट्वीटरबाट रिट्वीट भएसँगै भारतीय सञ्चारमाध्यमले प्रश्न उठाएका हुन् ।

भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ रिट्वीट भएको थियो ।

सोनिया गान्धीले अंग्रेजीमा दिएको भिडियो सन्देशमा भाजपा सरकारले जनताको आवाज सुन्नुपर्ने उल्लेख छ । आफ्नो अधिकारका लागि गरेको संघर्षमा उत्रिएका जनतालाई कांग्रेस पार्टीको साथ रहेको पनि उनले भिडियोमा बताएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलको पासवर्ड दुरुपयोग भएको आशंकामा छानविन भइरहेको उल्लेख गरेका छन् ।

तर, भारतीय द टेलिग्राफको अनलाइन संस्करणमा कोलकाता डेटलाइनले संशयपूर्ण समाचार बनाएको छ । यस्तै, भुटानी मिडिया एसोसियसनका अध्यक्ष एवम् भुटानी समाचार पत्रका सम्पादक तेन्जिङ लाम्साङले समेत ओलीको रि–ट्वीटबारे चर्चा गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।