गाउँपालिका अध्यक्ष द’म्पती अ प ह र णमा : अध्यक्ष शाहीको अवस्था अ’ज्ञात, पत्नी भेटिईन

कमल शर्मा, दैलेख, पुस ६ गते । जिल्लाको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उहाँको धर्मपत्नी इला मल्ल शाही अ पह रणमा पर्नु भएको छ । विप्वल नेतृत्वको नेकपा स मूहले शनिबार राति उहाँहरूलाइ घरबाटै अ पह रण गरेकाे प्रहरीले आ शंका गरेको छ ।

ठाटिकाँध गाउँपालिका वडा २ श्रीपाटामा रहेको घरबाट राती १२ बजे अध्यक्ष धिर बहादुर शाही र उहाँको धर्मपत्नी इला मल्ल शाही अ पह रण परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले अ पह रणमा परेको खबर आएको र त्यसको लागि प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सुस्मीता शाहीका अनुसार आफू जिल्लामा आएको र अध्यक्ष र उहाँको धर्मपत्नीलाई अ पह रण गरेको सूचना आफूलाई ठाँटिकाँध प्रहरीले दिनुभयो । गाउँपालिकामा त्यस्तो केही थिएन कसरी एक्कासी अ पह रण भयो उहाँले बताउनुभयो । वडा नम्वर १ का वडा अध्यक्ष नर्तमबहादुर बुढाका अनुसार राती १५ जनाको टोली आएर अ पह रण गरेको भन्ने सुनेर स्थानीय आफन्त र अन्य टोली खोजी कार्यमा लागको बताउनुभयो ।

भर्तालेकमा इला मल्ल शाही भेटिनु भयो

अध्यक्ष सहित अ पहर णमा परेकी उहाँको धर्मपत्नी इला मल्ल शाही दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने बर्ता लेकमा भेटिनुभएको स्थानीयले बताएका छन् ।

अ पहर णको सूचना पाए लगत्तै स्थानीयले खोजी गर्न हिडेको टोलीले दैलेख र कालिकोट पर्ने भर्तालेकमा बिहान ९ बजे फेला पारेको सूचना आफुलाई प्राप्त भएको गाउँपालिका वडा १ का वडा अध्यक्ष नर्तमबहादुर बुढाले बताउनुभयो । उहाँ फेला परेपनि अ पह रमा परेका अध्यक्ष शाहीको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।