ज्येष्ठ नागरिकसम्बन्धि १० वर्षीय रणनीतिक योजना बनाउने मन्त्री गुरुङको घोषणा

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिकसम्बन्धि १० वर्षीय रणनीतिक योजना बनाउने घोषणा गरेका छन् ।मन्त्री गुरुङले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा प्रयोग हुनेगरी सरकारले ज्येष्ठ नागरिकसम्बन्धि १० वर्षे रणनीतिक योजना तय गर्न लागेको पनि स्पष्ट पारे ।

आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा ज्येष्ठ नागरिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ज्येष्ठ नागरिकहरुको हित हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलार्ई आह्वान गरे ।

‘ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभवलाई मुलुकको समृद्धिसँग जोडेर अघि बढने गरी सरकारले १० वर्षे रणनीतिक योजना बनाउने कामलाई अघि बढाएको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सुझाव दिन ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संघ, संस्था तथा विज्ञहरुलाई आह्वान गर्दछु ।’

मन्त्री गुरुङले विपन्न वर्गका ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम ल्याउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले ज्येष्ठ नागरिकसम्बन्धि कार्यक्रमलाई ‘रुपान्तरणकारी कार्यक्रम’को रुपमा अघि बढाउन सरकारले चाहेको पनि स्पष्ट पारे । त्यसका लागि आवश्यक सुझाव दिन मन्त्री गुरुङले अवकाश प्राप्त नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुलाई पनि आग्रह गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याउने १० जना ज्येष्ठ नागरिकलाई हरेक वर्ष १० लाख नगदसहित सम्मान गर्ने कार्यक्रमलाई अघि बढाउन मन्त्री गुरुङको ध्यानाकर्षण गराए ।

त्यसैगरी राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकहरुको हितमा सरकार केन्द्रित हुन लागेकोमा खुसी व्यक्त गर्दैै मन्त्री गुरुङप्रति आभार व्यक्त गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।