अन्ततः सरकारबाट बाहिरिए उपेन्द्र यादव
काठमाडौँ, ८ पौष । सरकारबाट बाहिरिने निर्णय गरेको केही समयमै उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाएका छन् ।
समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । संविधान संशोधनका सन्दर्भमा सरकार गठनका बेला २ बुँदै सहमति भएको स्मरण गराउँदै यादवले प्रधानमन्त्रीबाट उक्त सहमतिको पालना भएको पनि उल्लेख गरेका छन् ।



