शहरी विकास मन्त्रीले पनि दिए रा’जीनामा

काठमाडौं, ८ पुस । शहरी विकास मन्त्री मोहम्मद इस्तियार राईले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका छन् । मन्त्री राईले आफ्नो आधिकारिक लेडरप्याडमै लेखेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

समाजवादी पार्टीबाट सरकारमा शहरी विकास मन्त्री भएका राईले पार्टीको निर्णयानुसार मन्त्री पदबाट राजीनामा दिएका हुन् । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा वर्तमान सरकारमा सहभागी समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिला रहेका उपेन्द्र यादवले पनि प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाइसकेका छन् । समाजवादी पार्टीका अध्यक्ष रहेका यादवले संविधान संशोधनका विषयमा सरकार गठनका बेला भएको सहमति पालना नगरेको भन्दै राजीनामा दिएका छन् भने मन्त्री राईले राजीनामाको कारण उल्लेख गरेका छैनन् ।

शहरी विकास मन्त्री राईले भने आफूलाई मन्त्रीमा नियुक्त गरी काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री ओलीलाई ‘विशेष धन्यवाद’ दिँदै राजीनमा दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।