आफू बालुवाटार नगएको र प्रधानमन्त्री ओलीसँगपनि भेटवार्ता नगरेको राजेन्द्र महतोको जि’किर

काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै भेटवार्ता नगरेको स्पष्ट पारेका छन् ।

उनले हुँदै नभएको कुरा समाचारमा लेखेर आफूलाई बदनाम गर्न खोजिएको भन्दै कडा आपत्ति जनाएका छन् । महतोले आफू बालुवाटार नगएको र प्रधानमन्त्री केपी शर्मा ओलीसँगपनि भेट नभएको जिकिर गरेका छन् ।

राजपा सरकारमा सहभागी हुन्छ त भन्ने प्रश्नमा महतोले तत्काल सरकारमा जाने कुरा नभएको जिकिर गरे । क्लबको केही दिनअघिको साक्षात्कारमा समेत महतोले भनेका थिए,”नेकपासँगको २ बुँदे सम्झौताले मात्रै सरकारमा जाने बाटो खुल्दैन्, राजपाको माग र मुद्दा सम्बोधन भए सरकारसँग सहकार्य हुनसक्छ । ”

उनले आफूहरुले अघि सारेका कुनैपनि माग र मुद्दा अहिलेसम्म सम्बोधन नभएको भन्दै गुनासो पोखेका थिए । उनको भनेका थिए,”हाम्रो मुख्य माग भनेको संविधान संशोधन नै हो, पहिला संविधान संशोधन हुनुपर्छ । र, आन्दोलनकारीमाथि लगाईएको झुठा मुद्दा फिर्ता लिनुपर्छ । रेशम चौधरीलाई रि’हाई गर्नुपर्छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।