दश रुपैयाँमा खाना वितरण अभियान शुरु, कम आयश्रोत हुनेहरु लाभान्वित

तारा आचार्य, विराटनगर, १० पुष । विराटनगरमा १० रुपैयामा खाना वितरण गर्ने अभियान शुरु गरिएको छ । स्थानीय समाजसेवीहरु मिलेर बुधबारदेखि शुरु गरिएको यो अभियानबाट कम आयश्रोत हुनेहरु लाभान्वित भएका छन् ।

सस्तो खानामा बासमती चामलको भात र तरकारी दिने गरिएको छ । प्याकिङमा लैजानेहरुले भने २० रुपैया तिर्नुपर्दछ । एक पटक ५ सय जनालाई खाना खुवाउदा करिब १५ हजार रुपैया खर्च लाग्ने गरेको छ ।

१० र २० रुपैया तिरेर खाना खानेहरुबाट करिब ५ हजार रुपैया संकलन हुने र बाँकी १० हजार रुपैया आपसमा चन्दा उठाएर अभियान सञ्चालन गरिएको संयोजक धाडेवाले बताउनुभयो ।

सस्तोमा खाना पाउन थालेपछि कम आयश्रोत हुनेहरुले कुरेर भएपनि मिठो खान पाएको बताएका छन् । यस्तो अभियानलाई राज्यले सहयोग गर्नुपर्ने उनीहरुको धारणा छ ।

बुधबारदेखि शुरु गरिएको यो अभियानमा धेरैले सहयोग गर्ने प्रतिबद्धता जनाएकाले चन्दा संकलन गरेरै भएपनि यसलाई निरन्तरता दिने तयारी भइरहेको संयोजक धाडेवाले जानकारी दिनुभयो ।

उहाँले सस्तो खाना अभियानलाई गरिब र विपन्न सर्वसाधारण भएको कोशी अस्पताल, विराटनगर बसपार्क लगाएतका ठाँउहरुमा पनि विस्तार गर्दै लैजाने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।