कुलमान घिसिङद्वारा आँखा दान गर्ने प्रतिब’द्धता
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दान गर्ने प्रतिब’द्धता जनाएका छन् ।
शनिबार तिलगंगा आँखा अस्पतालमा म’रणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्’धाञ्जली–सभामा उनले यस्तो प्रतिब’द्वता जनाएका हुन् ।
निर्देशक घिसिङले भने आँखासम्बन्धी उपचारमा आत्मनिर्भर छौँ, हामीले लेन्स निर्यात गर्छौं, त्यो देख्दा खुसी लाग्छ । उनले भने बत्तीको उज्यालो देख्न पनि आँखाको आवश्यक पर्छ, आँखा नभइ संसार देख्न सकिँदैन।
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले अहिले धेरै मानिसहरुमा देखिएको आँखा दानप्रतिको सकारात्मक सोचको कारणले आँखाको नानी प्रत्यारोपण गरी पुनःदृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदै गएको बताइन्।


