वीरेन्द्रको सम्झनामा सयौंको संख्यामा मानिसहरु उपस्थित

काठमाडौं, १४ पौष । स्वर्’गीय राजा वीरेन्द्रको आज ७५ औं जन्मदिन । १४ पौष २००२ मा उनको जन्म भएको थियो । आजको दिन वीरेन्द्रको सम्झनामा विविध कार्यक्रम आयोजना गरिएको छ ।

ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको शालिकमा माल्र्यापण गरिएको छ । वीरेन्द्रलाई सम्झना गर्दै सयौंको संख्यामा मानिसहरु उपस्थित भएका थिए ।

तत्कालिन युवराज महेन्द्र र युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी शाहका जेठा छोराका रुपमा उनको जन्म भएको थियो । महेन्द्र पछि वीरेन्द्र उत्तराधिकारी बनेका थिए । उनी २०२८ सालमा महेन्द्रको नि धनपछि राजा भएका थिए ।

राजा वीरेन्द्रको २०५८ जेठ १९ गते ह त्या भएको थियो । राजदरबार ह त्या का ण्डमा मा रिएका वीरेन्द्रको वंशना श नै भयो । ह त्या का ण्डको अनुसन्धान गर्न गठित छानविन आयोगले तत्कालिन युवराज दीपेन्द्रले स्वचालित ह तियार चलाउँदा दरबार ह त्याका ण्ड भएको भनिएको छ । दीपेन्द्रले आ त्म ह त्या गरेको छानविन समितिले उल्लेख गरेको छ ।

वीरेन्द्र नेपालको इतिहासमा लोकप्रीय राजामध्येमा पर्छन् । सालिन व्यक्तित्वका कारण उनी प्रीय थिए । वीरेन्द्रको वंशना शपछि नेपालको इतिहासले नयाँ मोडमात्र लिएन राजसंस्थाकै अ न्त हुने परिस्थिति सृजना भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।