मधेशी समुदायबाट डा आशा सिंह बन्ने भइन् पहिलो महिला एआइजी
काठमाडौं, १४ पौष । नेपाल प्रहरीको प्राविधिकतर्फको एआइजीमा डा. आशा सिंहको बढुवा सिफारिश भएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिश गरेको हो । प्रहरी प्रधान कार्यालयले सूचना जारी गरी बढुवा सिफारिशको जानकारी दिएको हो ।
नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाडौंमा दरबन्दी भएकी सिंहले ७४.७२३७ अंक प्राप्त गरेकी थिइन् । सिंह मधेशी समुदायबाट प्रहरीको एआइजी पदमा पुग्ने पहिलो महिला बन्नेछिन् ।


