भारतीयलाई लमजुङमा नेपाली नागरिकता दिलाइयो

लमजुङ । गैर-नेपाली नागरिकलाई नेपाली नागरिकता दिन नपाउने कानूनमा स्पष्ट उल्लेख गरिएको छ ।

तर, लमजुङमा भने जनप्रतिनिधिले नै नक्कली बाबु–आमा बनाई भारतीय नागरिकलाई नेपाली नागरिकताका लागि सिफरिस बनाइदिएको तथ्य फेला परेको छ । सोही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता समेत जारी गरेको छ ।

मस्र्याङ्दी गाउँपालिका वडा नं.९ स्थायी ठेगाना भएका सुगरे दमाई र सुशिला दमाईलाई नक्कली बाबु–आमा बनाई भारतीय नागरिकले अशोक दमाईको नाममा नेपाली नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङले वि.सं. २०७६ साल कात्तिक ३ गते ४५०१७६०२९६६ नम्बरको नागरिकता जारी गरेको थियो । भारतीय नागरिकले नेपाली नागरिकता लिएको कुरालाई वडा अध्यक्ष नारायण बहादुर थापाले समेत स्वीकार गरेका छन् ।

तर, आफूलाई थाहा नभएकाले नागरिकताको सिफारिस बनाइदिएको उनको भनाइ छ । यो विषयमा जिल्ला प्रशासन कार्यालयले नै वडा अध्यक्ष थापाले गल्ती स्वीकार गरेको छ । साथै नागरिकता खारेजीको प्रक्रिया अघि बढेको जनाएको छ ।

भारतीय नागरिकले नक्कली बाबु–आमा बनाई नागरिकताको प्रमाण–पत्र लिइसक्दा आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय लमजुङ त्यति गम्भीर भने देखिएको छैन । न्यूज २४ नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।