नयाँ वर्षको शुरुवातसँगै ओली र मोदी बीच अर्थपूर्ण टेलिफोन संवाद, के भयो कुराकानी ?

काठमाडौं, १६ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुराकानी भएको छ । आज विहान साँढे दश बजे दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनेबारे संवाद भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । मोदीले स्वास्थ्य राम्रो होस् भनी शुभेच्छा प्रकट गरेका थिए । जवाफमा ओलीले धन्यवाद दिदै मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका थिए ।

दुवै नेताले नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेका थिए । दुई देशबीचका समस्याहरु समाधान गर्दै लानेबारे समेत छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए । पछिल्लो समय भारतले कालापानीलाई आफ्नो नयाँ नक्शामा राखेपछि नेपाल कुटनीतिक माध्यमले विषय उठाउँदै आएको छ ।

यस्तो परिप्रेक्ष्यमा ओली र मोदीबीचको टेलिफोन संवाद अर्थपूर्ण मानिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।