भ्रमण वर्ष प्रचारकालागी मोटरसाइकलमा नेपाल यात्रा

तेह्रथुम, १६ पुस । पाँचथरका युवाहरुले पाँचथरको चिवा भञ्जाङबाट बैतडीको झुलाघाट सम्म भ्रमण वर्ष २०२० लाई सफल बनाउन मोटरसाइकलमा नेपाल यात्रा सुरु गरेका छन् ।

भ्रमण वर्ष २०२० को पहिलो दिन पाँचथरको चिवा भञ्जाङबाट यात्रा शुरु भएर आठराई संक्रान्तिबजार हुँदै नेपाल यात्राको टोली तेह्रथुम पुगेको छ । भ्रमण टोलीलाई आठराई संक्रान्तिबजारका युवाहरूले स्वागत गरेका छन् । मोटरसाइकलमा नेपालको भण्डा र भ्रमण बर्षको लोगो र प्रचार सामाग्री सहित यात्रा सुरु गरिएको यात्रा टोलीले बताएका छन् ।

बुधबार फिदिममा पत्रकार सम्मेलन मार्फत यात्राको जानकारी गराइएको थियो । पाँचथरको चिवा भञ्जाङबाट बैतडीको झुलाघाट सम्म १ हजार ७ सय ७६ किलोमिटर दुरि रहेको छ । मध्यपहाडि लोकमार्गले मध्यपहाडका २४ वटा जिल्लाहरुलाई छुन्छ । ६ वटा मोटरसाइकलमा ११ जनाले यात्रा सुरू गरिएको नेपाल यात्रामा सहभागी हर्क बहादुर नेम्बाङले जानकारी दिनुभयो ।

एक महिना लामो नेपाल यात्रा मध्यपहाडी लोकमार्गको उद्गम स्थल पाँचथरको चिवा भञ्जाङबाट सुरु भई बैतडीको झुलाघाट सम्म पुगेर सम्पन्न हुने नेम्बाङले बताउनुभयो । यात्रामा बिभिन्न पेशामा आबद्ध रहेका युवाहरुको सहभागीता रहेको छ । युवानेता, पत्रकार र बिभिन्न पेशामा आबद्ध रहेका ११ जना युवाहरुले मध्यपहाडी यात्रा सुरु गरेका हुन् ।

भ्रमण वर्षलाइ सफल पार्न मध्यपहाडी जिल्लाको प्रचार गर्न पनि यात्रा गरिएको यात्रा टोली बताएको छ । यात्रामा प्रदेश नम्बर एक घुम्न आउन निम्तो समेत बाढ्नको लागी यात्रा गरिएको नेम्बाङले बताउनु भयो।

मध्यपहाडी लोकमार्ग निर्माण भए पछि मध्यपहाडी जिल्लामा ल्याएको सामाजिक,आर्थिक परिर्वत बुझन पनि यो यात्रा गरिएको यात्रामा सहभागी पत्रकार गिरिराज बाँस्कोटाले बताउनु भयो ।

मध्यपहाडी जिल्लाहरुमा गुमनाममा रहेका पर्यटकिय स्थलहरुको पहिचान गरि पर्यटन प्रबद्धन गर्न पनि यो यात्राले सहयोग गर्ने बास्कोटाले बताउनुभएको छ । सम्रगमा भ्रमण वर्षलाइ सफल बनाउन यो यात्रा महत्वपूर्ण हुने अपेक्षा यात्रा टोललीले लिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।