राष्ट्रिय सभामा मन्त्री ज्ञवालीले यसरी सुनाए सुगौली सन्धिपछि भारतले सिमाना मि’चेको नालीबेली (भिडियो सहित)

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले नेपालको सीमा मि चेकोबारे राष्ट्रिय सभा सदस्यलाई जानकारी गराएका छन् । भारतले नेपाली सीमा अ तिक्र मण गरेको विषयमा राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले प्रारम्भमा नक्सा परिवर्तन गरि त्यसकै आधारमा भारतले सीमा मि च्दै आएको जानकारी दिए । भारतको यो प्र वृत्ति अहिले पनि रहेको उनको भनाइ छ ।

सीमामा नेपालको प्रशासनिक क्षेत्र नहुँदा त्यसको फाइदा भारतले उठाएर सीमा मि च्दै आएको मन्त्री ज्ञवालीले बताए । नेपाली भूमि अ तिक्र मण गर्न भारतले नक्कली काली नदिसमेत बनाएको बताउँदै उनले नक्कली काली नदी बनाएर कालापानी, लिम्पियाधुरा, लिपुलेक अ तिक्र मण गरेको जानकारी दिए ।

यसबारे थप मन्त्री ज्ञवालीले भने, ‘पानीढलोको आधार बनाएर अ तिक्र मण गरेको देखिन्छ ।’ भारतले गरेको सीमा अ तिक्र मण नेपाललाई स्वीकार्य नरहेको भन्दै उनले भारतले ९० प्रतिशत सीमाको वि वाद टुंगिएको बताउँदै सहमति गर्न आग्रह गरे पनि नेपालले त्यसलाई नस्विकारेको जानकारी दिए।

सीमाको स मस्या प्रतिशतमा समाधान नहुने नेपालले जवाफ भारतलाई पठाएको भन्दै उनले कालापानी र सुस्ताको विवाद सचिवस्तरीय संयन्त्रबाट टुंगाउन पहल भइरहेको भएपनि भारतले नयाँ नक्सा सार्वजनिक गरेको बताए । भारतले गरेको सीमा अ तिक्र मणको विषयमा बिहीवार राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । यसअघि बुधबार सर्वोच्च अदालतले नेपालको पूर्ण नक्सा पेस गर्न सरकारको नाममा आदेश दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।