मृ’तक दिलकुमारीको परिवारलाई हङकङबाट सहयोग (भिडियो सहित)

उर्लाबारी । लिबर सिरोसिसबाट नि ध न हुनुभएकी दिलकुमारी भुजेलको परिवारलाई उर्लाबारी युथ ग्रुप हङकङले आर्थिक सहयोग गरेको छ ।उर्लाबारी—७ निवासी भुजेलको उपचारका क्रममा नि ध न भएको थियो ।

हङकङबाट पठाइएको ६७ हजार रुपैंया उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु, समाजसेवी नरबहादुर मोक्तान लगायतले दिलकुमारीको भाई डम्बर नेपालीलाई हस्तान्तरण गर्नुभयो ।

सहयोगीदातामा धन्यवाद दिदैं नगर प्रमुख फागोले सामाजिक काममा पुर्याएको योगदान प्रति उर्लाबारी युथ ग्रुपलाई धन्यवाद प्रकट गर्नुभयो ।

कार्यक्रममा स्थानीय गणेश किम्दाङ, योबाहाङ तुम्बाहाम्फे,कैलाश थापा मगरm प्रकाश कन्दङ्वा,नारायाण लुङ्फुवा,प्रेम लिम्बू लगायतको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।