मेयर रेणुको पहलमा क्रिकेट रंगशालालाई ६.५ करोड

काठमाडौ । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य धमाधम भइरहेको छ । जनस्थरको सहयोगबाट बन्न लागेको उक्त रङ्गशालालाई भरतपूर महानगर पालिका तर्फबाट ६.५ करोड बजेट बिनियोजन गर्न लागेको कुरा मेयर रेणु दाहालले जनाएकी छिन् ।

रेणु दाहालका अनुसार धुर्मुस सुन्तली फ़ाउण्डेसनलाई सरकारदेखि भरतपूर नगरपालिकाले सक्दो सहयोग गरिरहेको छ । रङ्गशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने देखि बजेट बिनियोजन समेत गर्ने तयारी रहेको कुरा मेयर रेणु दाहालले उल्लेख गरेकी छिन् ।

मेयर दाहालका अनुसार यो रङ्गशाला जनस्थरबाट नै निर्माण गर्नेगरि अगाडी बढिरहेको छ र यसका लागी सरकारले समेत नगरपालिका र फ़ाउण्डेसनलाई चाहिदो सहयोग गरिरहेको छ । मेयर रेणु दाहाल भन्छिन्, “जनतालाई विकास सकेसम्म चाँडो होस भन्ने छ तर देशमा सबै छेत्रलाई एकैचोटि विकास तर्फ लाग्दा समय लागेको हो र त्यहि यो रङ्गशाला निर्माणमा समेत देखिएको हो ।

हामी सबै मिलेर यो बनाउदै छौ र भरतपूर नगरपालिकाले यस वर्ष ६.५ करोड बजेट बिनियोजन गर्ने निर्णय गरिसकेको छ । हुन त यत्ति ठुलो रकम अनुदानका रुपमा दिन गाह्रो हुँदाहुँदै नगरपालिकाले यत्ति ठुलो रकम दिएर सहयोग साथ दिने निर्णय गरिसकेका छौ ।”

रेणु दाहालका अनुसार राज्य अग्रसर नभए यत्ति ठुलो परियोजना सम्भव हुँदैन र अहिले सरकारले पूर्ण साथ सहयोग गरिरहेको छ । जग्गा देखि मनोबल प्रदान गर्न सरकार सधै अगाडी रहेको छ । रेणु दाहालका अनुसार प्रदेश सरकारले समेत ५ करोड सहयोग गर्ने निर्णय गरेको छ । भरतपूर नगरपालिका र प्रदेश सरकारले ११.५ करोड रङ्गशालालाई दिने निर्णय गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।