हिउँमाथि सु’त्केरी छ’टप’टाईरहिन्, साथमा भएको १ हजार रुपैयाँ लिएर श्रीमान भा’गे, अन्ततः प्रहरीले यसरी उ’द्दार गर्यो

सु त्केरी व्य थाले छ ट्पटाउँदै गरेकी महिलालाई हिउँमाथि अलपत्र छाडेर श्रीमान् स म्पर्कविहीन भएका छन् । सु त्केरीको बैतडी प्रहरीले उ द्दार गरेको छ । सु त्केरी व्यथा लागेर हिउँमाथि छ ट्पटाउँदै अ लपत्र परेकी कुमारी बिष्टलाई बैतडी प्रहरीले उद्दार गरेर प्रसूति केन्द्र पु¥याएपछि बिष्टले छोरो ज न्माउनुभएको छ ।

बैतडीको पुरचौडी नगरपालिका–१०, डाँडागाउँका अम्मर बिष्टले सु त्केरी श्रीमति कुमारी बिष्टलाई अ लपत्र छोडेर साथमा भएको एकहजार रुपियाँ समेत लगेर स म्पर्कविहीन भएका छन् ।

श्रीमान्ले अ लपत्र पारेर हिँडेपछि सु त्केरी कुमारी बिष्टलाई बैतडी प्रहरीले शनिबार दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजारमा रोईरहेको अवस्थामा फेला पारेको थियो । सुत्केरी श्रीमतिलाई छोडेर हिँड्ने श्रीमान अम्मर बिष्टको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

प्रनाउ पाण्डेयले भन्नुभयो,‘सु त्केरी हुन श्रीमानको साथमा बैतडी अस्पताल आएकी कुमारी बिष्टलाई अस्पतालले १९ गते रेफर गरेको रहेछ । रेफर गरिएकी श्रीमतिलाई छोडेर एकहजार रुपियाँसमेत लगेर श्रीमानले स म्पर्कविहीन छन् । श्रीमानले छोडेरपछि सुत्केरी महिला बसमा चढेर दोगडाकेदारको सिल्लेगडा पुग्नुभयो । शनिबार हिमपात पनि भईरहेको थियो । सुत्केरी महिला बजारमा छ ट्पटाउँदै रोईरहेको खबर आएपछि तुरुन्तै उ द्धार गर्यौं ।’

हिमपात र वर्षा भईरहेको बेलामा सुत्केरी महिला छ ट्पटाउँदै रोईरहेको सूचना पाएपछि स्थानीय खोचलेक प्रहरी चौकीका ईन्चार्ज शंकरदत्त भट्टको कमाण्डमा चार जना प्रहरी खटाएर सु त्केरीको उ द्धार गरिएको प्रनाउ पाण्डेयले बताउनुभयो ।

सु त्केरीलाई अस्पताल लैजान जिप बुक गरे पनि सुर्नया गाउँपालिकाको धर्मघरमा हिमपातमा गाडी फ सेपछि सुत्केरीलाई पुनः दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा प्रसूति केन्द्रमा पु¥याएपछि कुमारी बिष्टले आईतबार बिहान ६ः०० बजे छोरो जन्माएको प्रहरीले जानकारी दिएको छ । कुमारी बिष्ट पहिलो पटक सुत्केरी भएको र उनका श्रीमान अम्मर बिष्ट यसअघि दार्चुलामा ज्यालामजदूरीको काम गर्ने गरेको सूचना प्रप्त भएको प्रहरीले जानकारी दिएको छ ।

सुत्केरीपछि कुमारी बिष्टलाई प्रहरी र स्थानीय बजारवासीले न्यानो लुगा उपलब्ध गराएका छन् । सुत्केरी महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।