बस दु’र्घटनामा परी काँग्रेसका केन्द्रिय नेताको नि’धन, १८ घा’इते

पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार रायको नि धन भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय काँग्रेस नेता रायको नि धन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

काठमाडौँबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकमा बस ठो किएर बस दु र्घटना भएको थियो । आज बिहान ५ः०० बजे भएको सो दुर्घटनामा परी नेता राय ग म्भीर घाइते भएर उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकामा त्यहाँबाट उहाँलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पुर्याइएको र सो अस्पतालमा जाने बित्तिकै बिहान करिब ९ः०० बजेतिर चिकित्सकले मृ त घोषणा गरेको आफन्त असिम दुबेले बताउनुभयो ।

नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका उम्मेदवार रहनुभएको थियो भने उहाँले प्रजातान्त्रिक आ न्दोलनमा समेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

त्यसैगरी सोही दुर्घटनामा परी १८ जना अन्य काँग्रेसकै नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्रु पनि घा इते भएका छन् भने उनीहरुको उपचार बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।