मेयरकै कार्यकक्षमा कु’टिए पत्रकार
जनकपुर । जनकपुर उप–महानगरपालिका प्रमुख लालकिशोर साहकै कार्यकक्षमा आज एक पत्रकार कु टिएका छन् ।
कान्तिपुर टेलिभिजनका संवाददाता अमरकान्त ठाकुर, एपी वान टेलिभिजनका क्यामेरा प्रतिनिधि शत्रुधन यादव र स्थानीय सञ्चारकर्मी सुभाष कर्णलगायत सञ्चारकर्मी नगर प्रमुखका समर्थकको कु टाइले घा इते भएका हुन् ।
उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उ पचार भइरहेको छ । आफूले पैसा खाएर निजी जग्गा संरक्षण गरी मन्दिरको जग्गामा सडक विस्तार गरेको सूचना लुकाउनकै लागि नगरप्रमुख साहले सञ्चारकर्मीलाई कु टपिट गर्न लगाएको आ रोप पत्रकार महासंघका धनुषा शाखा अध्यक्ष अनिल मिश्रले लगाए ।
घ टनापछि पत्रकार महासंघले नगरप्रमुखविरुद्ध का रबाही माग गर्दै द बाबमूलक कार्यक्रम घोषणा गर्न बैठक बसेको छ ।


