अब क’मिशन पत्रकारिता धेरै चल्दैन : सञ्चारमन्त्री

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरको आज आयोजित २३ औँ स्थापना दिवसमा उनले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैं राजीनामा दिएर आ’न्दोलनमा उ’त्रने स्पष्ट गरे ।

मन्त्री बाँस्कोटाले भने, ‘एउटा कुरा भन्दा पूर्वाग्रह राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हावी भएको छ, म पनि वर्षौँसम्म पत्रकारिता गरेकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ ।’ सरकारले समृद्ध नेपाल, गरीब पत्रकारिता’ को अवधारणा नलिएको बताउँदै मन्त्री बाँस्कोटाले अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्नेमा जोड दिए । ‘अब कमिशन पत्रकारिता धेरै चल्दैन, पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्न सक्ने वातावरण बन्नुपर्छ’, उनले भने ।

मन्त्री बाँस्कोटाले पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट गरे । आफू मन्त्री भएपछि रु पाँच करोड ३४ लाखको पत्रकारिता कल्याण कोष स्थापना गरेको र अब त्यसलाई बढाएर रु १० करोड पु-याइने जानकारी उनले दिए । शङ्काका भरमा पत्रकारिता गर्नु गलत भएको हो भन्दै उहाँले गल्ती गर्नेलाई छाड्न नहुने पनि बताए ।

पत्रकारिता अझै विश्वसनीय र खोजमूलक बन्नुपर्छ भन्दै उहाँले पूर्वाग्रह राखेर समाचार नलेख्न पत्रकारलाई आग्रह गरे । उनले पत्रकारितालाई अब भजन, मिशन र पार्टी पत्रकारिताबाट माथि उठाएर ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा जोड्नुपर्ने बताए ।

कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासङ्घको दवावपछि नै ‘प्रेस जगत्लाई सङ्कुचन गराउने मिडिया विधेयक’ सच्याउन सरकारले समिति बनाएर छलफल गरिरहेको जिकिर गरे । महासङ्घका उपाध्यक्ष दिलीप थापा मगर र पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले प्रेस स्वतन्त्रता हनन हुने गरी ल्याइएका विधेयक सच्याउनुपर्ने सुझाव दिए ।

स्थापना दिवसका अवसरमा ‘दवाव’ साप्ताहिकका सम्पादक तथा महासङ्घ उपत्यका प्रदेश सचिव अमर भुजुलाई रु दुई हजार पाँच सयसहितको मैयाँदेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार र ध्रुव मधिकर्मीलाई रु १० हजारसहितको भगवान महर्जन स्मृति पुरस्कार प्रदान गरियो । पत्रकार भुजुले भने आफूले पुरस्कार पाएको रकममा रु दुई हजार पाँच सय थपेर महासङ्घको संस्थागत विकासलाई भन्दै रु पाँच हजार भक्तपुरलाई प्रदान गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।