मेलम्चीको काम चाँडो सम्पन्न गर्न खानेपानीमन्त्रीको निर्देशन

काठमाडौं, २३ पुष । खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

बुधबार मन्त्रालयमा आयोजित मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे छलफलका क्रममा मन्त्री मगरले सरकारले तोकेअनुसार निर्धारित समायभित्रै मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने गरी कामलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

मन्त्री मगरले भन्नुभयो, “मुहान र सुरुङसम्बन्धी कामलाई समयमै सम्पन्न गर्नुहोस्, जतिसक्दो चाँडो मेलम्ची आउनुपर्छ, कत्ति पनि ढिला नहोस् ।” छलफलमा खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पछिल्लो समयमा मेलम्ची खानेपानीको काम तीव्रगतिमा अगाडि बढेको जानकारी दिनुभयो ।

उहाँले करिब ९० प्रतिशत टनेल र ६० प्रतिशत हेडबक्सको काम सम्पन्न भएको जानकारी दिनुभयो । सो आयोजनाअन्तर्गत पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौँमा आउनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।