प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा नै राख्ने निर्णय, नेकपाका सांसदलाई ‘ह्वीप’ जारी
हेटाैँडा, २५ पुष । प्रदेश ३ को नाम ‘बागमती प्रदेश’ र राजधानी हेटौंडा नै राख्ने नेकपा संसदीय दलको बैठकले निर्णय गरेकाे छ ।

हेटौंडामा बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले प्रदेश सभामा प्रदेश नामांकन र राजधानीबारे साेही प्रस्ताव मात्र लैजाने निर्णय गरेकाे हाे । बैठकले आफ्ना सबै सांसदहरुलाई राजधानी हेटौँडा र नाम बागमतीको पक्षमा उभिन बहुमतले ह्वीप नै जारी गरेको न्यूज २४ नेपालमा खबर छ ।
यसअघि राजधानी हेटौँडा नै राख्नुपर्ने पक्षमा भन्दा विपक्षमा नेकपाकै धेरै सांसदहरु उभिएपछि संसदीय दलकाे बैठकले संसदमा साे प्रस्ताव लैजाने र मतदानका क्रममा अनिवार्य रूपमा प्रस्तावकाे पक्षमा उभिन निर्देशन दिएको हाे ।


