वैदेशिक रोजगारीलाई शो’षणरहित बनाउने समझदारी

काठमाडौं । वैदेशिक रोजगारीलाई थप व्यवस्थित र शो षणरहित बनाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र वैदेशिक रोजगार विभागबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

वैदेशिक रोजगारको नाममा हुनसक्ने अ वैध गतिविधिलाई रोकेर पेशालाई थप व्यवस्थित, मर्यादित र शो षणरहित बनाउन आज काठमाडौँमा छ बुँदे उद्देश्य तथा १३ बुँदे सहकार्यको समझारीपत्रमा हस्ताक्षर भएको हो ।

गृह सचिव प्रेमकुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा भएको समझदारीपत्रमा सिआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीमकुमार भुसालले हस्ताक्षर गर्नुभएको छ ।

समझदारीपत्रमा वैदेशिक रोजगारीको नाममा हुनसक्ने मानव बे चविखन तथा ओ सारपसारका घट ना रोक्ने, पीडित व्यक्तिको संरक्षण तथा पुनःस्थापना गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालय र प्रहरीबीच समन्वय गर्ने लगायतका विषय समावेश छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।