फलाम खानी उ’त्खनन तयारी अन्तिम चरणमा
काठमाडौँ, २८ पौष । नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उ त्खनन तयारी अन्तिम चरणमा पुगेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले धौवादीमा भेटिएका फलाम खानी उ त्खनन गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए ।
कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भइसकेको खबर आजको गोरखापत्र दैनिकमा छ ।
नवलपुरको धौवादी क्षेत्रमा भेटिएका फलामजस्तो पदार्थको चीनमा गरिएको परीक्षणले सो क्षेत्रमा फलाम नै रहेको प्रमाणित भएको बताउँदै उहाँले उ त्खनन, प्रशोधन तथा उत्पादनका लागि स्थापना गरिएको सो कम्पनी सञ्चालनको ‘मोडालिटी’समेत तयार भइसकेको जानकारी दिए ।


