दुर्गा प्रसाईं र गिरीको घु’स का’ण्डमा अख्तियार पुग्यो

काठमाडौ,२९ पुस । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको घु’स विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ । गिरीमाथि २० करोड घु’स मागेको आ रोप लगाउँदै झापास्थित बिएण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गा प्रसाईंले गिरीविरुद्ध उ जुरी हालेका हुन्।

त्यसअघि प्रसाईंले पत्रकार सम्मेलन गरेर घु’स मागेको आ रोप लगाएपछि डा. गिरीले त्यसको खण्डन गरेका थिए । बी एण्ड सी कलेजलाई सम्बन्धन नदिएका कारण प्रसाईंले घुसको आ रोप लगाएको गिरीको दाबि छ ।

तर प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर अख्तियारमा उजुरी दिएको बताएका हुन् । साथै उनले यही मुद्दालाई लिएर अदालतसम्म जाने चेतावनी दिएका छन् । गिरीले अवैधानिक रूपमा कमाएको अ’कुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईंले सो सम्पूर्ण सम्पत्ति जफत गर्न माग गरेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।