नेपाल प्रहरीले माग्यो १४९ इन्सेपक्टर र ५८४ असई

काठमाडौं । नेपाल प्रहरील जनपद समूहतर्फ १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई) पदका लागि कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी निरीक्षकमा खुला ८०, अमर-अशक्त प्रहरी परिवार ३, महिला १३, जनजाति २१, मधेसी १८, दलित १० र पिछडिएको क्षेत्र ४ गरी १ सय ४९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

यस्तै, प्रहरी सहायक निरीक्षक (असई)मा खुला ३ सय १५, अमर-अशक्त प्रहरी परिवार १२, महिला ५१, जनजाति ८२, मधेसी ७२, दलित ३९ र पिछडिएको क्षेत्र १३ गरी ५ सय ८४ जनाका लागि दरखास्त आह्वान गरिएको छ । प्रहरीले आह्वान गरेको पदमा यही माघ ५ गतेदेखि फागुन ११ गतेसम्म दरखास्त बुझाउन सकिने छ ।

प्रहरी आह्वान दरखास्त आह्वान गरेका पदका लागि काठमाडौंमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट आवेदन दिन सकिने छ । उपत्यका बाहिर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, ३ नम्बर (बाग्मती) प्रदेश प्रहरी कार्यालय हेटौंडा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट दरखास्त बुझाउन सकिने प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।