नेपाली सेनाका दुई कर्णेल प’क्रा’उ
काठमाडौं, १ माघ । अनियमितताको आ रोपमा नेपाली सेनाका दुई कर्णेल प क्राउ परेका छन् । प्रारम्भिक छानबिनपछि सैनिक अदालतले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको हो ।

रासनमा अ नियमितता गरेको आ रोपमा महासेनानी भुपालमान अधिकारी प्र क्राउ परेका हुन् । सेनाको सैनिक आवासीय महाविद्यालयमा प्रमुख हुंदा रासन अ नियमितता गरेको पुष्टि भएपछि उनलाई हि रासतमा लिइएको सैनिक उच्च स्रोतले जनाएको छ । हाल अधिकारीलाई सैनिक मुख्यालयभित्रै रहेको १५ बाहिनीअन्र्तगतको (गणेश दल) मा राखिएको छ ।
अधिकारीको विषयमा छानविन गर्न सेनाले सहायकरथी प्रदिपजंग केसीको नेतृत्वमा ‘कोर्ट अफ इनक्वाईरी’ समेत गठन गरेको छ । उक्त समितिले घटनाको अनुसन्धान गरिरहेको छ ।


