यी दुई आयोगलाई पूर्णता दिन नेकपा र कांग्रेस सहमत, ऐन-कानुन सं’शोधन गरिने

काठमाडौं । सत्य निरुपण तथा वे’पत्ता छानविन आयोगलाई पूर्णता दिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सहमत भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको बैंठकमा शान्ति प्रक्रियाका बाँकी काम टुं’ग्याउने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बे’पत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई पूर्णता दिने विषयमा सहमति भएको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेसक नेता रमेश लेखकले ऐन, कानुनको संशोधनमा सरकार सकारात्मक देखिएकाले कानुन निर्माण प्रकृयालाई अगाडि बढाउने सहमति भएको बताए । उनले आयोग पदाधिकारी सिफारिस समितिले रिक्त पदमा पदाधिकारी सिफारिस गरोस् र त्यसलाई क्याबिनेटले नियुक्तिको प्रक्रिया अगाडि बढाओस् भन्नेमा नेताहरु सहमत भएको बताए ।

करिब एक वर्षदेखि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगहरु पदाधिकारीविहीन छन् । सत्य निरुपणसम्बन्धी कानूनसमेत विवादित भएको अवस्थामा शुक्रबरको बैंठकले कानुनी अ ड्चन फुकाएको छ । द्व’न्द्व पी’डितहरुका संगठनहरुले आफूहरुसँग परामर्श नगरी कानून बनाउन नहुने भन्दै बि’रोध गर्दै आएका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोग दुबैका पदाधिकारी छनोटका लागि सिफारिस समितिले तयार पारेको नामावलीमा नेताहरुबीच थप छलफल गर्ने सहमति भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।