अन्ततः रवि लामिछानेले जि’ते मु’द्दा, भने– न्याय म’रेको रहेनछ, शुभचिन्तक सबैलाई धन्यवाद !
काठमाडौं । शालिकराम पुडासैनी मृ’त्यु प्र’करणमा अदालतले रवि लामिछानेलाई नि’र्दोष ठ’हर गरेको छ । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृ’त्यु प्र’करणमा रवि लामिछानेलाई निर्दो’ष ठ’हर गरेको हो।
आ’त्म’ह’त्या दु’रुत्साहनको अ’भियोग लागेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पनि जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला सुनाउँदै सफाइ दिएको हो।
भदौ ९ गते रावलकै इजलासले लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख र कार्कीलाई साधारण तारेखमा छा’डेको थियो। पुडासैनी मृ’त्यु प्र’करणमा सफाइ पाएपछि रवि लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘न्याय म’रेको छैन भन्ने यो अर्को उदाहरण हो।’
उनले आफूलाई देश विदेशबाट समर्थन गर्ने आफ्नो सबै शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे।


