माघ १०, ११ र १२ गते सार्वजनिक विदा

सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए ।

“सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिनेछ ।

यसअघि, यही माघ १ गते रितिरिवाज, चाडपर्व तथा संस्कृतिको जगेर्ना गर्ने जनाउँदै माघे सङ्क्रान्ति ९माघी पर्व०का अवसरमा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा महाभारत र रोशी गाउँपालिकाले सार्वजनिक सूचनामार्फत सार्वजनिक विदा दिएका थिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्होछारकै अवसरमा नमोबुद्ध नगरपालिकामा महोत्सवको आयोजना गरिने भएको छ । यही माघ ९ देखि १९ गतेसम्म भकुण्डेबेँसी चोकमा आयोजना गरिएको महोत्सवमा कृषि, पर्यटन प्रवद्र्धन तथा स्थानीय संस्कृति झल्कने कार्यक्रम आयोजना गरिएको नमोबुद्ध उद्योग बाणिज्य सङ्घका अध्यक्ष बसुनारायण श्रेष्ठले जानकारी दिए।

यस्तै, नगरकोट नाल्दूम पर्यटन विकास समितिले पनि भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्होछारकै अवसरमा माघ १० गतेदेखि तीनदिन पर्यटकीयस्थल नगरकोटमा महोत्सव आयोजना गरी स्थानीय लोपोन्मुख बाजा, नाचगान तथा पहिचानलाई प्रदर्शन एवम् खानाका परिकारका माध्यमबाट पर्यटकलाई आकर्षण गर्ने योजना बनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।