त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई विमान ठो’क्किए
काठमाण्डौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फका दुई विमान एक आपसमा ठो’किएका छन् । सोमबार बिहान दुई जहाज ठो’क्किएका हुन् ।
विमानस्थल स्रोतले दिएको जानकारी अनुसार जनकपुर उड्न लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सका जहाज ठो’क्किएका हुन् । बुद्ध एयरको जहाजको पखेटाले यतिको जहाजमा ठ’क्कर दिएको थियो । जहाज ठो’क्किएपछि बुद्ध एयरको जनकपुर उडान र’द्द गरिएको छ ।
दुबै जहाजमा सामान्य क्षति भएको दुबै एयरलायन्स कम्पनीका अधिकारीहरूले बताएका छन् । क्ष’ति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताइएको छ ।


