मन्त्रिमण्डल पूनर्गठनको तयारीमा प्रधानमन्त्री ओली, शिवमायालाई मन्त्री बनाउने !

काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पूनर्गठनको तयारीमा जुटेका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतले दिएको जानकारीअनुसार यही माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचन पछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक पूनर्गठन गर्ने तयारी थालेका छन् । सरकारमा यो पटक राजपा नेपालको पनि सत्तारोहण हुने बुझिएको छ । यसको लागि नेकपा र राजपा नेपालका प्रभावशाली नेताहरुबीच पछिल्लो समय छलफल चलिरहेको छ ।

अर्को कुरा, प्रतिनिधिसभाको उपसभामुखबाट आजमात्रै राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाम्फेलाई पनि मन्त्री बनाउने प्रधानमन्त्री ओलीको चाहना छ । उपसभामुखबाट राजीनामा दिनुभन्दा अघि पनि ओलीले उनलाई यस्तो प्रस्ताव राखेका थिए । तर, उनले आफू मन्त्री बन्न ईच्छुक नभएको जवाफ दिएकी थिइन् ।

यो पटकको मन्त्रिमण्डल पूनर्गठनमा ओलीले राजपाबाट दुई जना मन्त्री सरकारमा सहभागी गराउने योजना बनाएका छन् । यस्तो हुँदा अहिलेका केही मन्त्रीहरुलाई उनले विदाई गर्नसक्छन् । निवर्तमान उपसभामुख डा. तुम्बाहाम्फेलाई भने राम्रै मन्त्रालय दिने ओलीको प्रस्ताव छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।