शिवमायाले फु’काइन गाँ’ठो, जाँदाजाँदै के भनिन् केपी ओली र प्रचण्डलाई ? (भिडियो सहित)

काठमाण्डौ । सभामुख को बन्ने भन्ने टुङ्गो लागेसँगै अब निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । आज उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि सभामुख चयन प्रक्रियाको बाटो खुलेको हो । अब उपसभामुख कुन दलबाट को बन्ला भन्ने चर्चा पनि सुरु भएको छ ।

प्रतिनिधिसभा सभाको रिक्त रहेको सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । उपसभामुख शिबमाया तुम्बाहाङ्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।

तुम्बाहाङ्फेले आफुले संविधान अनुसार नै प्रतिनिधिसभालाई नेतृत्व विहिनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पारेकी छिन् । संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफुले बाँजी मारेको दाबी पनि गरिन् ।

राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफुलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि स्पष्ट पारिन् । उनले आफुले सभामुख पदका लागि गरेको दाबी अस्वभाविक नभएको पनि बताए ।

उनले मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको टिप्पणी गरिन् । आफै सभामुख बन्न योग्य भएको दावी गरे पनि नेकपाले अरुलाई नै बनाउने भनेपछि शिवमाया चर्चामा आएकी थिइन् ।

नेकपा सचिवालयले उनलाई राजीनामा दिन निर्देशन दिए पनि मानेकी थिइन् । तर नेकपाले सभामुखका लागि अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि शिवमाया राजीनामा दिन बाध्य भइन् ।

सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको अध्यक्षता गर्नुभएका महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावलि २०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामालाई सभा समक्ष पढेर सुनाएका थिए ।

सभामुख पदको निर्वाचन माघ १२ गतेका लागि निर्धारण गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएपछि सोहीअनुसार सचिवालयले १२ गते नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

सभामुख नेकपाका नेता अग्नी सापकोटा हुने निश्चित जस्तै भएको छ । अब उपसभामुख को बन्छ भन्ने चर्चा सुरु भएको छ । एउटै दलबाट सभामुख र उपसभामुख बनाउन नपाइने नियम भएकाले नेकपाले अरु दललाई नै उपसभामुख दिनुपर्ने हुन्छ । प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाली कांग्रेसले उपसभामखु मागिरहेको छ । तर कांग्रेसले औपचारिक निर्णय भने गरेको छैन ।

तर नेकपा कांग्रेसलाई दिने पक्षमा देखिदैन । राष्ट्रियसभा चुनावका लागि प्रदेश दुईमा राजपासँग तालमेल गरेको नेकपाले उपसभामुख उसैलाई दिने हो कि भन्ने चर्चा छ । यद्यपी यस विषयमा अहिलेसम्म निर्णय भइसकेको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।